३० आश्विन २०८३, शुक्रबार

उपेन्द्र यादवसँग विलय हुँदै अशोक राईको संघीय समाजवादी पार्टी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

upendra-ashok-rai

काठमाडौँ, २८ फागुन । एमाले छाडेर संघीय समाजवादी पार्टी खोलेका अशोक राईले मधेशी जनअधिकार फोरम नेपालसँग पार्टी एकीकरण गर्ने भएका छन् ।

एकीकृत पार्टीको अध्यक्ष उपेन्द्र यादवलाई मान्न अशोक राई सहमत समेत भएको स्रोतले बतायो । उपेन्द्र यादवलाई पार्टी बुझाएपछि राई वरिष्ठ नेता मात्र भएर बस्नेछन् । पार्टीको नाम पनि संघीय समाजवादी लोकतान्त्रिक फोरम नेपाल रहने बताइएको छ । संघीय समाजवादी पार्टीको झण्डा र फोरम नेपाल पार्टीको चुनावचिन्ह –हातमा लिएको मसाल तय भएको बताइएको छ । उपाध्यक्ष तीनजना देखि पाँचजनासम्म रहने र महासचिव दुई जना रहने बताइएको छ ।

विधान तयार भइसकेकाले दुई दलबीच एकीकरण हुने सैद्धान्तिक सहमति हुनासाथ पार्टी एकीकरण हुने स्रोतले बतायो