काठमाडौं, २८ फागुन । अनन्त ज्योती ध्यान केन्द्रका महासचिव विष्णुप्रसाद न्यौपानेलाई पितृशोक परेको छ ।
वि.सं. १९७९ चैत्र १४ गते जन्मनु भएका महासचिव न्यौपानेका बुबा श्री लोकनाथ न्यौपानेको ९२ औं बर्षको उमेरमा यही २०७१ फाल्गुण २५ गतेका दिन विहान भरतपुर उमनपा ११ बसेनी चितवनमा आफ्नै निवासमा निधन भएको थियो ।
न्यौपाने बुबाको निधनप्रति संयुक्त सनातन मोर्चाले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पणपूर्वक दिगंवत आत्माको चीरशान्तिको कामना गरेको छ ।
‘पितृवात्सल्यताबाट विमुख भई मर्माहत हुनपुगेको न्यौपाने परिवारप्रति यस दुःखको घडिमा भगवानले धैर्यधारण गर्ने क्षमता प्रदान गरुन भन्ने प्रार्थनासहित शोकसंतप्त सबै इष्टमित्र, नाता–कुटुम्बप्रति यस संयुक्त सनातन मोर्चा परिवार हार्दिक समवेदना प्रकट गर्दछ’ मोर्चाको तर्फबाट महामन्त्री दीपक सुवेदीले जारी गर्नुभएको समवेदना–विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसै गरी समवेदना प्रकट गर्नेहरूमा सत्–मार्ग अभियान नेपालका संगठन महामन्त्री खेमनाथ आचार्य, शब्द चिन्तन संघका संयोजक लोकचन्द्र अधिकारी लगायतका धार्मिक–आध्यात्मिक संघसंस्थाका नेतृत्त्वतहका प्रतिनिधि एवम् शुभचिन्तक, इष्टमित्रहरू रहनु भएको न्यौपाने पारिवारिक स्रोतले जनाएको छ ।
स्व. लोकनाथ न्यौपानेका पाँच बहिनी छोरी र चारभाई छोरा हुनुहुन्छ । अनन्त ज्योति ध्यान केन्द्रका महासचिव विष्णुप्रसाद न्यौपाने उहाँका ज्येठा सुपुत्र हुनुहुन्छ । महासचिव न्यौपानेकी माता तुलसादेवीको गतवर्ष फागुनमै निधन भएको थियो ।















प्रतिक्रिया