काठमाडौं, २० जेठ । राजसंस्था पुर्नस्थापनाको माग गर्दै शिव सेनाम नेपालले रुपन्देहीमा सोमबार साँझ राँके जुलुस निकालेको छ ।
गणतन्त्रका नाममा राष्ट्रिय एकताको प्रतीक हटाएर मुलुकलाई अनिर्णयको बन्दी बनाएको, भ्रष्टाचार र दुराचार बढाएको शिव सेनाको आरोप छ ।
भारतबाट अतिक्रमित भूमि फिर्ताको माग गरेका उनीहरूले हालका राजनीतिक दलका नेताको अकर्मण्यताले मुलुक डुबेको आरोप लगाएका छन् ।
नेपालको कालापानी क्षेत्रमा ३७२ वर्गकिलोमिटर क्षेत्र भारतले अतिक्रमण गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस