७ मंसिर २०८३, सोमबार

काठमाडौंमा तीन जना चोरहरू पक्राउ

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । काठमाडौं महानगरपालिका सरकारीधारास्थित नोर सुन चाँदी पसलबाट करीब २ लाख २३ हजार ७ सय २० रुपियाँ बराबरको सुन तथा चाँदीका बिभिन्न गरगहना चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार पक्राउ पर्नेहरूमा काठमाडौं गोंगबु बस्ने कास्की पोखरा महानगरपालिका– १० अमरसिंङ चोक ठेगाना भएका मिलन तामाङ, काठमाडौं ठमेल बस्नेहरू नुवकोट तार्केश्वर गाउँपालिका–४ ठेगाना भएका ३१ वर्षीय प्रेम तामाङ र भारत मोतीहारीका २५ वर्षीय ऋषिमुनि कुमार रहेका छन् ।

लकडाउनको मौका छोपी रातको समयमा हुने चोरीको घटनाहरुको अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उक्त पसलमा गत वैशाख ६ गते रातिको समयमा चोरी भएको घटनामा संलग्न उनीहरूलाई चोरी गरी लगेका विभिन्न धनमालसहित पक्राउ गरेको हो ।

उनीहरूको साथबाट सुनको मंगल सुत्र १ थान, सुनको चन्द्रमा हार १ थान, चाँदीको पाउजु २५ थान, चाँदीको कि(रिङ २ थान, चाँदीको दियो १ थान, बच्चाले लगाउने चाँदीको कल्ली ७ थान, चाँदीको औठी ३ थान, चाँदीको जन्तर २ थान, चाँदीको प्लेट ३ थान, चाँदीको बेरुवा बाला १ थान, चाँदीको ब्रासलेट १ थान, चाँदीको सिक्री १ थान र चाँदीका लकेट १३ थान प्रहरीले बरामद गरेको छ ।

उनीहरूमध्ये मिलन तामाङ चोरी कार्यमा संलग्न तथा प्रेम तामाङ र ऋषिमुनि कुमार चोरीको सामान खरिद गर्ने कार्यमा संलग्न रहेको खुल्न आएको र उनीहरूलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त लैनचौर पठाइएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।