४ कार्तिक २०८३, बुधबार

भारतका संगीतकार वाजिद खानको निधन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली । भारतका संगीतकार वाजिद खानको निधन भएको छ । उनकाे आइतबार राति निधन गएको परिवारलाई उदृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् ।

उनको कोरोना सङ्क्रमणका कारण निधन भएको हुनसक्ने शंका गरिएकाे छ । उनको पोहोर मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

कोरोनाले रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिको ज्यान लिने गरेको विभिन्न अध्ययनले पुष्टि गरेको छ ।

वाजिद र साजिद खान मिलेर साजिद वाजिदको नाममा भारतका सयौँ चलचित्रमा संगीत दिएका छन् ।

वाजिदले टेलिभिजनका केही रियालिटी शोहरूमा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए ।