
काठमाडौं, १९ जेठ । जुम्ला र दैलेखमा थप ४३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जुम्लाका १९ र दैलेखका २४ जना रहेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा दुई जना प्रहरीसहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जुम्लाको हिमा गाउँपालिका वडा नं. १, ५, ६ र ७ का ८ र सिंजा गाउँपालिका वडा नं. ३, ४, ५, र ६ का ९ जना पुरुष छन् ।
दैलेखका नारायण नगरपालिका वडा नं. २, ४, ५ र ९ का १७ पुरुष छन् । दुल्लु नगरपालिका वडा नं. ८ र १२ का ७ जना संक्रमित पुष्टि भएका छन् । तीमध्ये २ वर्षीय बालक र २ जना महिला रहेका छन् ।











प्रतिक्रिया