७ मंसिर २०८३, सोमबार

सर्लाहीकाे सीमाबाट भारतीय नेपाल छिर्न खाेजे, दशगजामा गाेली चल्याे

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लालबन्दी, १८ जेठ । सर्लाही जिल्लाबाट भारतीय नागरिकहरूको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले हवाई फायर गरेको छ ।

विष्णु गाउँपालिका–२ पकडीस्थित दशगजा क्षेत्रबाट करिब ३०–४० जनाको समूह नेपाल प्रवेश गर्न खोजेको थियो ।

सो समूहले हुलहुज्जत गरी हतियार खोस्ने प्रयाससमेत गरेपछि एक राउन्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ ।

हवाई फायर गरेपछि भारतीय समूह तितरवितर भएको र स्थिति सामान्य बनेको सशस्त्र प्रहरीले जनाएको छ ।

सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रमा बीओपी सिमराको टोली खटाइएको छ ।