तम्घास, १८ जेठ । गुल्मी जिल्लामा क्वरेन्टाइनमा बसेका एक व्यक्तिले आत्महत्या गरेका गरेका छन् ।
आत्महत्या गर्नेमा गुल्मीको छत्रकोट गाउँपालिका ४ का ५६ वर्षका चन्द्रबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए ।
शनिबार भारतबाट घर फर्केका परियारलाई स्थानीय आदर्श माध्यमिक विद्यालयको क्वरेन्टाइनमा राखिएको थियो ।
शनिबार बेलुका शाौचालय जान क्वरेन्टाइनबाट बाहिर निस्किएका उनी ढिलोसम्म नफर्केपछि खोज्दै जाने क्रममा क्वारेन्टाइन नजिकै रहेको रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।
आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन । प्रहरिले घटनास्थलमा लासजाँचको मुचुल्का गरेपछि मात्र पोष्टमार्टमका लागि आइतबार बिहान सदरमुकाम तम्घास ल्याइने प्रहरी उपरीक्षक खड्काले बताए ।











प्रतिक्रिया