
काठमाडौं, १७ जेठ । महानगरीय प्रहरी प्रभाग ललितपुर लुभूका इञ्चार्ज नायव निरिक्षक (सई) टेकबहादुर माझीको शनिबार उपचारका क्रममा मृत्यु भएको छ ।
शुक्रबार साँझ तीन बजेदेखि स्वास्थ्यमा समस्या आएपछि उनलाई पाटन अस्पतालमा उपचारका लागि लगिएको थियो । आईसीयु खाली नभएपछि अल्का अस्पतालमा उनलाई रिफर गरिएको थियो । कार्यालयमा वान्ता गरी बेहोस भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
टाउकोमा रगत जमेका सई माझीको शल्यक्रिया सफल नभएको बताइएको छ । उनको शव पोस्टमार्टमको लागि पाटन लगिएको छ । रामेछापका माझीले लुभूको इञ्चार्ज पद भर्खरै मात्र पाएका थिए ।











प्रतिक्रिया