
काठमाडौं, १७ जेठ । विवादमा रहेको अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनालाई नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले अनुमोदन गर्न सक्ने संकेत मिलेको छ ।
उक्त परियोजना आर्थिक बर्ष ०७७–७८ को बजेटमा समावेश भएपछि यसबारे छलफल गर्न शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक हुँदैछ ।
नीति तथा कार्यक्रममा उक्त परियोजना अनुसारको विद्युत प्रसारण लाइन निर्माण परेपछि कतिपय सांसदहरूले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग उत्तर माग गरेका थिए ।
प्रधानमन्त्री ओलीले नेपाल सरकारको नीति कार्यक्रममा परेको प्रसारण लाइन निर्माण हुने, एमसीसी सदनमा जान सक्ने र त्यसलाई पास फेल गर्ने काम सांसदको भएको बताएका थिए ।
एमसीसीका विषयमा नेकपाभित्रै दुई मत रहेका कारण कसरी अगाडि बढ्ने भन्ने विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबारै ओलीसँग छलफल गरेका थिए ।











प्रतिक्रिया