३ कार्तिक २०८३, मंगलबार

विप्लवपछि वैद्य माओवादीले पनि बनायो युवा दस्ता, निशानामा भ्रष्टाचारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baidya-maoust

२८ फागुन, काठमाडौ । मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीले आफ्नो नयाँ युवा दस्ता गठन गरेको छ ।

वैद्य माओवादीले ‘क्रान्तिकारी युवा लिग’ नामक युवा दस्ता गठन गरेको हो । वैद्यतिरका जनस्वयंम सेवक अध्यक्ष दीपक चलाउनेलाई विप्लवले लगेपछि नयाँ युवा दस्ता गठन गरिएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

वैद्य माओवादीको राजधानीमा सम्पन्न भेलाले पूर्वलडाकू नेपबहादुर कुँवरको नेतृत्वमा ७१ सदस्यीय क्रान्तिकारी युवा लिग गठन गरेको हो ।

देशभरीका तीनसय प्रतिनिधि उपस्थित भेलाले ५ सदस्य पछि थपप्नेगरी कुँवरको नेतृत्वमा ७१ सदस्यीय केन्द्रीय समिति गठन गरेको हो ।

युवा संगठनको उपाध्यक्षमा नेपबहादुर थारु र विजय साङ्पाङ, महासचिवमा दीपक देवकोटा, सचिवमा खड्गराज सेजुवाल र कोषाध्यक्षमा गंगा कार्कीलाई चयन गरिएको छ ।

भ्रष्टाचारी, कालाबजारी, राष्ट्रघाती, दलाल नोकरशाही र राजनीतिक तथा समाजिक अपराधीलाई कारवाही गर्न युवा दस्ता गठन गरिएको प्रवक्ता भुषालले बताउनुभयो ।

यसअघि विप्लव माओवादीले हिजो भ्रष्टाचारीलाई कारवाही गर्न भनेर युवा मोर्चा गठन गरेको थियो । पछिल्लो समय वैद्य र विप्लव माओवादीबीच विभिन्न विषयमा प्रतिस्पर्धा चलेको छ ।