२ कार्तिक २०८३, सोमबार

अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलसमा प्रहरी र प्रदर्शनकारीबीच झडप

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Police move through an area during demonstrations Thursday, May 28, 2020, in St. Paul, Minn. Protests over the death of George Floyd, the black man who died in police custody broke out in Minneapolis for a third straight night. (AP Photo/Julio Cortez)

न्युयाेर्क, १६ जेठ । हिरासतमै निहत्था अश्वेत व्यक्तिको निधन भएको घटनापछि अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलसमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

लगातार दोस्रो दिन शहरको अवस्था तनावग्रस्त बनेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगासहितका पत्थर प्रहार गरेका छन् । यस्तै स्थानीय पसलहरुमा लुटपाट समेत भएको छ ।

श्वेत प्रहरी अधिकारीले जर्ज फ्लोइड नाम गरेका अश्वेत व्यक्तिलाई पक्राउ गर्ने क्रममा बाटोमै उनको घाँटीमा घुँडाले च्यापेको थिए । जर्जले ‘मैले सास फेर्न सकिरहेको छैन’ भनेको भिडियोमा सुनिन्छ ।

हिरासतमा लिइएका उनको निधन पछि सामाजिक सञ्जालमा भिडियो भाइरल भएको थियो । जसमा प्रहरी अधिकारीले ती निहत्था अश्वेत व्यक्तिलाई भूईँमा लगाएर उनको घाँटीमा घुँडाले थिचेको देखिन्छ ।

त्यसपछि मिनियापोलस प्रहरीका अधिकारी बर्खास्त भएका थिए, तर पनि न्यायको माग गर्दै प्रदर्शन जारी छ । लगातार दुईदिनदेखि प्रदर्शन भइरहेको हो ।

फ्लोइडको गएको सोमबार निधन भएको हो । प्रहरी ज्यादतीको विरोधमा शिकागो, इलोनाइस, लस एन्जलस, क्यालिफोर्निया र टेनिसीको मेम्फिससहितमा पनि प्रदर्शन भएका छन् ।