डडेल्धुरा, १६ जेठ । कोरोना भाईरस संक्रमण बढ्दै गएको बेला डडेल्धुरा जिल्लामा कीट अभाव भएको छ ।
कीट अभाव हुँदा स्वाब संकलनमा शनिबारदेखि रोकिएको छ । परीक्षणका लागि अत्यावश्यक मानिएको पीसीआर कीट डडेल्धुरा जिल्लामा अभाव भएपछि क्वारेन्टाईनमा रहेका करीब २५९६ जनाको परीक्षण हुन सकेको छैन्
सुदूरपश्चिम प्रदेशसंग डडेल्धुरा जिल्लाको लागि तत्काल क्वारेन्टाईनमा रहेका व्यक्तिहरूको परीक्षणका लागि २ हजार ५ सय कीट माग गरिएको छ ।
बुधबार राति १ सय पीसीआर र २ सय आरडीटी कीट मात्रै पठाएकोले स्वाब संकलन कार्य शुचारु गर्न नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश दत्त ओझाले बताए । उनले क्वारेन्टाईनमा मान्छे दिनप्रतिदिन थपिदै गएको बताए ।












प्रतिक्रिया