काठमाडौं । हुन्डाइ मोटर्सको नेपाल स्थित अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले इओन कार खरिदमा नयाँ ग्राहक योजना सार्वजनिक गरेको छ ।
इओन–एसुरेन्स नामको योजनामा पाँच बर्षे निशुल्क मेन्टिनेन्स, एक बर्षको निशुल्क वीमा तथा तीन वर्षे वारेन्टी र नगद छुट लगायतका सुविधा रहेको छ । निशुल्क मेन्टिनेन्स अन्तर्गत पार्ट्स र कन्जुमेवल दुबै रहेको जनाइएको छ।
हुन्डाईका नेपालमा बिक्री हुने मध्ये इओन सबैभन्दा सस्तो कार हो । यसका दुई मोडल बजारमा उपलब्ध छन्। इअन डिलाइटको मुल्य १५ लाख ७६ हजार र इअन एराको मुल्य १६ लाख ७६ हजार रुपैयाँ तोकिएको छ।














प्रतिक्रिया