महेन्द्रनगर, २८ फागुन । सुदूरपश्चिम प्रहरीको क्षेत्रीय अनुसन्धान टिम(आरआईटी) महाकालीले कञ्चनपुरको बेलौरीबाट भारत तर्फ निकासी हुदै गरेको १ सय ५० बोरा अबैध सुपारी बरामद गरेको छ ।
अनुसन्धान समूहका प्रहरी नायव निरीक्षक विरेन्द्र जोहारी नेतृत्वको प्रहरी टोलीले बेलौरी नगरपालिका वडानम्बर–२ थापाचौराहाबाट १५ लाख १५ हजार मूल्य बराबरको १ सय ५० बोरा अबैध सुपारी, तीन थान ट्रयाक्टर ट्राली र ३० क्विन्टल गन्ना गरी जम्मा २४ लाख ७९ हजार ५ सय मूल्य बराबरको समान बरामद गरेको हो ।
उक्त समान भन्सार कार्यालय गड्डाचौकीको जिम्मा लगाएको छ । यसैगरी, सोही टोलीले बेलौरीको थापा चौराहबाट नै भारतबाट नेपाल तर्फ ल्याईरहेको अबस्थामा ७ थान मोटरसाइकल सहित १ हजार ५सय ६० कुखुराका चल्ला र अण्डा समेत बरामद गरेको छ ।
बरादम गरिएको कुखुरा आवश्यक कारवाहीका लागि लागि क्वारेन्टाई कार्यालय बेलौरीमा र मोटरसाइकलहरु भन्सार कार्यालय गड्डाचौकी बुझाएको आइरआइटी महाकालीका प्रमुख प्रहरी नायव निरीक्षक विरेन्द्र जोहारीले जानकारी दिनुभयो ।















प्रतिक्रिया