३ कार्तिक २०८३, मंगलबार

ट्रकको ठक्करबाट दुई जनाको ज्यान गयो, दुई लुटेरा पनि पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २८ फागुन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चन्द्रनिगाहपुरमा ट्रकको ठक्करबाट बुधबार दुई जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयअगाडि बेलुका ग१क १८६७ नंको ट्रकले ठक्कर दिँदा चन्द्रपुर नगरपालिका–१० बस्ने सञ्जित विकको घटनास्थलमा नै र सोही नगरपालिका वडा नं ३ बस्ने गणेश राउतको उपचार गर्न लाने क्रममा बाटामा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको उक्त ट्रकले तिनलाई ठक्कर दिएको थियो । प्रहरीले चालक मकवानपुर जिल्ला बसामाडी गाविस बस्ने शरणबहादुर बल तथा गाडी नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

यस्तै, दुई साताअघि झापाको राजगढ बजारमा लुटपाट मच्चाउने लुटेरामध्येका थप दुई जना भारतको दिघल बैंकस्थित टप्पु निवासी २२ वर्षीय मञ्जर आलम र सोही ठाउँका २३ वर्षीय मोहमद इसाक रहेको जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ ।

उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय राजगढका प्रमुख मनोजकुमार पौड्यालले जानकारी दिनुभयो । यसअघि प्रहरीले भारतको महमारी निवासी मोहमद नासिरलाई पक्राउ गरेको थियो ।

गत फागुन १२ गते राति उनीहरुले झापाको राजगढ बजारमा खगेन्द्रप्रसाद गणेशले सञ्चालन गरेको इलेक्ट्रोनिक पसल फुटाएर लाखौँ मूल्यका सामान चोरी गरेको जिप्रका झापाका प्रहरी प्रवक्ता विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।