३० आश्विन २०८३, शुक्रबार

इलामका चौँतीस सहकारीलाई अनुदान तथा कृषि उपकरण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sahakari-pasalइलाम, २८ फागुन । जिल्ला कृषि विकास कार्यालयले सहकारी खेती स्किमअन्तर्गत ३४ सहकारी संस्थालाई अनुदान तथा कृषि उपकरण उपलब्ध गराएको छ ।

साना सिँचाइ विशेष कार्यक्रमअन्तर्गत ३४ वटा सहकारी संस्थालाई रु ७० हजारदेखि डेढ लाखसम्म अनुदान उपलब्ध गराएको हो ।

सहकारी खेतीमा आधारित साना सिँचाइअन्तर्गत इरौँटार बहुद्देश्यीय सहकारी संस्थालाई रु तीन लाख प्रदान गरेको छ ।

सहकारी खेती स्किमअन्तर्गत महमाई–३ को जुनतारा कृषि सहकारी संस्थालाई ७० हर्स पावरको हाते ट्र्याक्टर र इलाम नगरपालिका–४ स्थित नेपाल वन बीउ तथा कृषि सहकारी संस्थालाई मिनिट्रिलर र तरकारी खेतीका लागि बीउ प्रदान गरेको कार्यालयका नायब सुब्बा नरनाथ रेग्मीले बताउनुभयो ।