मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

मानव अधिकार चलचित्र केन्द्रले भन्यो– रुकुम घटना भयानक, दोषी नउम्किउन्

दैनिक नेपाल २०७७ जेठ १४ गते १३:४४

रुकुम घटनामा हाम फालिएको भेरी नदी ।

काठमाडौं, १४ जेठ । मानव अधिकारी चलचित्र केन्द्रले पश्चिम रुकुमको चौरबजारी–८ सोतीमा अन्तरजातिय विवाहका नाममा भएको तीन जनाको ज्यान जाने र तीन जना वेपत्ता हुनेगरीको घटनाका दोषीलाई कारबाहीको माग गरेको छ ।

‘जातिय विभेद अन्त्यको घोषणा भएको दशकौं बित्दा पनि यस प्रकारका घटनाले लोकतन्त्र, संविधान र जातिय विभेदविरुद्धको कानुनको खिल्ली उडाउँदै जघन्य अपराध हुन रोकिएका छैनन्’, बुधबार विज्ञप्ति जारी गर्दै केन्द्रले भनेको छ,‘अन्तरजातिय विवाहका नाममा दलितहरूले निक्कै नै उत्पीडन भोग्नु परिरहेको तथ्यले राज्य व्यवस्था भित्रको बर्बता देखाएको छ ।’

यस घटनाको सत्यतथ्य छानबिन गरी कुनै पूर्वाग्रह बिना कानुनी कारबाहीको दायरामा उभ्याउन केन्द्रले सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित