७ मंसिर २०८३, सोमबार

यी हुन् सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्नेहरू

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूमाथि खोटाङ दिक्तेलको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन संलग्न भएको आरोप छ ।

अख्तियारले खोटाङका नापी कार्यालय प्रमुख सियाकान्त चौधरी, अमिन गणेशकुमार खिडहरी, मालपोत कार्यालयका प्रमुख यदुनाथ दाहाल, मालपोत अधिकृत कटकबहादुर खत्री, मालपोतका नासु भीमबहादुर खत्री, चन्द्रबहादुर कार्की खरिदार टेकबहादुर खड्का, अनि जग्गा दर्ताका लागि निवेदन दिएका गजेन्द्रकुमार थापा र रामबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।