काठमाडौं, १३ जेठ । प्रदेश २ अन्तर्गत रौतहट जिल्लामा तीन जना बालबालिकासहित थप २२ जनामा कोरोना पुष्टि भएको छ ।
भारतबाट नेपाल फर्किएर क्वारेन्टाइनमा बसेका उनीहरूमा कोरोना संक्रमण भएको मंगलबार पुष्टि भयो ।
गौर, देवाही गोनाही र राजदेवी नगरपालिका घर भएका व्यक्तिहरूमा कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
सोमबार मात्र रौतहटमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस