डडेल्धुरा, १३ जेठ । स्थानीय तहहरूले निर्माण गरेका क्वारेन्टाइनहरू बस्ने व्यक्ति कोरोना संक्रमणको उच्च जोखिममा रहेका छन् ।
कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्डहरूको कुनै पनि पालना भएको देखिदैन ।
सीमाबाट उद्धार गरिनुभन्दा पहिले स्थानीय तहहरूले क्वारेन्टाइनको व्यवस्थापन गर्नुपर्ने हो । डडेल्धुराका स्थानीय तहहरूले नागरिकहरूको उद्धार गरेर ल्याएपछि हतार हतारमा विद्यालयका कोठाहरूमा राख्ने गरेका छन् ।
जिल्ला सदरमुकाममा अमगरढी नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनहरूको अवस्था पनि यस्तै हालका छन् ।
क्वारेन्टाइनमा कुनै पनि व्यवस्था नभएको भन्दै जिल्ला सदरमुकाममा रहेको महेन्द्र नमूना माध्यामिक विद्यालयको क्वारेन्टाइनमा राखिएका व्यक्तिहरू सोमबार बिहान विद्यालयको गेटमा पुगी आन्दोलन गरिरहेका थिए ।
क्वारेन्टाइनभित्र धेरै मान्छे रहेको र उनीहरूको राम्रो व्यवस्थापन नभएको मुम्बईबाट आएकी अमरगढी नगरपालिका वडा नं. १ बण्डकी जानकी ऐरले बताइन् उनले भनिन्, ‘मुम्बईबाट सिमानासम्म पुग्दा एक जनाको ५ हजार रुपिया गाडीभाडा तिरेर आयौँ । यता क्वारेन्टाइनमा एउटै कोठामा ५–६ जना सुत्नु परेको छ ।’
क्वारेन्टाइन भनेर विद्यालयका कोठामा राखिएको छ खाने सुत्ने कुराको अहिलेसम्म ठेगान छैन । ‘सोमबार राति रित्तो कोठाको भुइँमा सुतेका थियौँ’, मोहन सिह ऐरले बताए ।












प्रतिक्रिया