
काठमाडौं, ११ जेठ । जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित ४० बर्षिय पुरुष फरार भएका छन् । मानसिक रोगी रहेका उनी फरार भएपछि खोजी कार्य तिव्र पारिएको प्रहरीले जनाएको छ ।
अस्पतालको आइसोलेसन कक्षमा राखिएका उनी आइतबार बिहान फरार भएका हुन् । उनले पटक–पटक भाग्ने कोशिश गरेका थिए । शनिबार मात्रै अस्पतालको सीसी टिभी क्यामेरा पनि उनले फुटाएका थिए ।
संक्रमित फरार भएपछि अहिले जनकपुर क्षेत्रमा त्रास छाएको छ ।














प्रतिक्रिया