३ कार्तिक २०८३, मंगलबार

युवाहरुले दिए विद्यार्थीलाई शैक्षिक सामाग्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yuwa, parbat (2) (1)

– गणेश गिरी
पर्वत, २८ फागुन । पर्वत जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि युवाहरुले शैक्षिक समाग्री वितरण गरेका छन् ।

सामुदायिक विदयालयहरुको अध्यापनलाई ब्यवस्थित बनाउने उद्देश्यका साथ युवाहरु विदयालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेका हुन ।

अभियान अन्तर्गत युवाहरुले बुधवार जिल्लाको पकुवा गाविसमा रहेको विश्वज्योति उमाविमा सरसफाई अभियान सञ्चालन गर्नुका साथै विद्यार्थीहरुका लागि शैक्षिक समाग्री समेत वितरण गरेका छन ।

‘न्यून आर्थिक अवस्था भएका विद्यार्थीलाइ शैक्षिक समाग्री दिएका हौ’ रोट्रयाक्क क्लबका अध्यक्ष अच्युत तिवारी भन्छन–‘हाम्रो सानो सहयोगले उनीहरुको अध्यापनमा सहज होस हामी चाहन्छौं ।’

प्रतिब्यक्ति उठाएको रकमले युवाहरुले विपन्न परिवारका विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री वितरण गरेका हुन । विद्यालयमा रहेका झण्डै ३० जना विद्यार्थीहरुका लागि उक्त सामाग्री वितरण गरिएको अध्यक्ष तिवारीले बताए ।

युवाहरु सधै राजनीतिको फोहोरी खेलको पछि मात्र होइन सामाजीक परिर्वतनको पछि पनि लाग्छन भन्ने उदाहरण आफूहरुको कामबाट देखाउन खोजेको तिवारी बताउँछन ।

युवाहरुको विदेशीने दर बढिरहेको बेला जिल्लामा रहेका युवाहरुलाई सामाजिक संगठनमा सक्रिय बनाउदै सामाजिक क्रियाकलापमा संलग्न गराउँदै आएको क्लबले अभियान सक्रियताका लागि साप्ताहिक कार्यक्रमको आयोजना गरको छ ।

अभियान अन्तर्गत सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि कलम, कपि, झोला लगाएतका सामाग्रीहरु वितरण गरिएको छ ।

आर्थिक अवस्था मजबुत हुनेहरुका छोराछोरी नीजि विद्यालयमा जाने र कमजोर अवस्थाका छोराछोरीहरु सामुदायिक विद्यालयमा अध्ययन गर्ने प्रचलन रहदै आएकाले युवाहरुको सानो सहयोगले विद्यार्थीहरुको अध्यापनमा सहयोग पुग्ने क्लबका पुर्व अध्यक्ष मोहन आचार्य बताउँछन ।

युवाहरु गलत कुलतमा फस्ने दर बढिरहेको बताउदै आचार्यले सत्मार्गमा हिडाउनका लागि पनि युवाहरुलाई सामाजिक कार्यमा लाग्न आफूहरुले प्रयास गरीरहेको दाबी गरे ।

क्लबले जिल्लामा रहेका अपांगलाई सहयोग गर्ने देखि खेलकुद क्षेत्रको विकासका लागि मैत्रीपूर्व खेलकुद प्रतियोगीतमाको समेत आयोजना गरेको छ ।