२ कार्तिक २०८३, सोमबार

अमेरिकामा काेराेनाबाट मर्नेकाे संख्या सयभन्दा तल झर्‍याे

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयाेर्क, ११ जेठ । अमेरिकाको न्यूयोर्कमा कोभिड–१९ का कारण दैनिक मृत्यु हुनेको संख्या गएको मार्चको अन्त्यपछि पहिलोपटक एक सयभन्दा कम भएको छ।

गभर्नर एन्ड्रयु कुओमोका अनुसार शुक्रबार न्यूयोर्कमा कोभिड–१९ बाट ८४ जनाको ज्यान गएको हो। बिहीबार १०९ जनाको ज्यान गएको थियो ।

अमेरिकामा कोरोना भाइरस महामारीको इपिसेन्टर बनेको न्यूयोर्कमा महामारीको उच्च रुप लिएको अप्रिलका केही दिन दैनिक एक हजार मानिसको ज्यान गएको थियो ।

गभर्नर कुओमोले भने, ‘मलाई दैनिक मृत्युदर एक सय भन्दा कम होस् भन्ने थियो । अब शून्यमा झार्नु छ ।’

दैनिक ब्रिफिङ्गको क्रममा उनले अघि भनेका छन्, ‘आफन्त गुमाएका ८४ परिवारको पीडालाई सानो आँक्न सकिँदैन । तर मृत्युदर कम हुनुलाई सकारात्मक संकेतका रुपमा लिन भने सकिन्छ ।’

न्यूयोर्कमा मात्रै कोभिड–१९ बाट अहिलेसम्म २८ हजार भन्दा बढीको ज्यान गएको छ । अमेरिकामा हालसम्म ९७ हजार भन्दा बढीको ज्यान गएको छ ।