१२ कार्तिक २०८३, बिहिबार

सप्तरीमा ९ लाख रुपियाँसहित भारतीय नागरिक पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, ११ जेठ । सप्तरी प्रहरीले शनिबार ९ लाख नेपाली रुपियाँसहित एक जना भारतीय नागरिकलाई सप्तरी प्रहरीले कोसीको पलारबाट पक्राउ गरेको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका-१४ स्थित सप्तकोसी नदीकोबीच भागमा रहेको पलारबाट भारतीय नागरिक फूलकुमार मेहतालाई पक्राउ गरिएको सप्तरी प्रहरी प्रवक्ता डीएसपी तिलक भारतीले जानकारी दिए ।

लुकिछिपी नेपाल प्रवेश गरेका भारत बिहारको सुपौल जिल्लाको बथनाहा पञ्चायत( १७ का २८ वर्षीय मेहतालाई नाइलनको झोलामा दुई किलो चिनीले छोपेर ल्याउँदै गरेको ९ लाख रुपैयाँसहित पक्राउ गरिएको डीएसपी भारतीले बताए ।

झोलाबाट नेपाली ५ सय दरका ६ सय १८ वटा र हजार दरका ५ सय ९१ वटा नोट बरामद गरिएको उनले बताए । सप्तरी प्रहरीले सीमा नाका र चोर बाटोमा निगरानी बढाएपछि पछिल्लो समय गैरकानुनी गतिविधि गर्ने धमाधम पक्राउ पर्न थालेका छन् ।