
काठमाडौँ, ९ जेठ । नेपालको निशान छापमा नयाँ नक्साको प्रयोजनका लागि संघीय संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ ।
मन्त्रिपरिषदले स्वीकृत नेपालको पछिल्लो नक्सा निशान छापमा प्रयोग गर्नका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेको हो ।
हालको निशान छापमा भारतले अतिक्रमण गरेको लिम्पियधुरा, लिपुलेक र कालापानी समावेश थिएन । वुधबार सरकारले औपचारिक रुपमा अतिक्रमित भूमि समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो ।
संविधान संशोधनपछि सम्पूर्ण क्षेत्रमा नयाँ नक्सासहितको निशान छापको प्रयोग गरिने छ । प्रतिनिधिसभाको बैठक जेठ १३ गतेको लागि बोलाइएको छ ।
संविधानको निशान छापमै नक्सा परिवर्तन गरिएपछि नेपालभरिका सरकारी कार्यालयका लेटर प्याड, बेवसाइड परिवर्तन गर्नु पर्ने छ ।















प्रतिक्रिया