घाेराही, ९ जेठ । दाङमा तेस्रो कोरोना सङ्क्रमित युवालाई उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको छ ।
उनीसँगै आएकाहरूको खोजी शुरू गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ३ का ३७ वर्षीय पुरुषलाई बिहीबार बेलुकी कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि राति नै कोरोना विशेष अस्पताल लगिएको हो ।
उनी जेठ ३ गते भारतको दिल्लीबाट कृष्णनगर नाका हुँदै घोराहीको कुइरेपानीस्थित क्वरेन्टीनमा बसेका थिए ।
सङ्क्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि कोरोना विषेश अस्पताल बेलझुण्डीको आइसोलेशनमा भर्ना गरिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
ती युवासँगै एउटै बसमा आएका ३२ जनामध्ये अन्य १६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने बाँकी १५ जनाको खोजी भैरहेको छ ।











प्रतिक्रिया