७ मंसिर २०८३, सोमबार

रौतहटमा मोटरसाईकलसहित १० लाख बरामद

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपेन्द्र पटेल

रौतहट, ९ जेठ । रौतहट प्रहरीले १० लाख १० हजार नगदसहित एक मोटरसाईकल बरामद गरेको छ ।

रौतहटको ईशनाथ नगरपालिकाको परोहामा बिहीबार बिहान बेवारिसे अवस्थामा रहेको झोलाबाट प्रहरीले नगद सहित एक मोटरसाईकल बरामद गरेको हो ।

ना ५४ प २११६ नम्वरको मोटरसाईकलमा सवार व्यक्तिले नहर नजिक प्रहरीलाई देख्न साथ झोला र मोटरसाईकल छाडेर भागेका थिए ।

झोलाबाट नेपाली रुपियाँ १० लाख १० हजार बरामद भएको प्रहरीले जानकारी दिएको छ । बरामद गरिएको झोला भित्रको नगद र मोटरसाईकलको विषयमा आवश्यक
अनुसन्धान भइरहेको प्रहरी चौकी औरैयाले जानकारी दिएको छ ।

ईशनाथ नगरपालिकाका नगर प्रमख सन्तोष मेहताका अनुसार झोलमा भेटिएको रकम १० लाख १० हजार रहेको बताएका छन् ।

झोलामा भएको नगदसहित मोटरसाईकल आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाइएको प्रहरीले जनाएको छ ।