काठमाडौं, ८ जेठ । कोरोना भाइरस (कोभिड १९)को र्यापिड टेस्टको प्रमाणपत्र भए मात्र काठमाडौं उपत्यका प्रवेशका लागि अनुमति गृह मन्त्रालयले दिने भएको छ । यसका लागि उसले सम्बन्धित विविध स्थानीय तहलाई परिपत्र समेत गरेको छ ।
अत्यावश्यकबाहेकका कुनै पनि चिजलाई सहज नहुनेगरी यस्ता परिपत्र कार्यान्वयनको पृष्ठभूमी भने १ जेठमा गृहमन्त्री रामबहादुर थापा बादलसहित स्थानीय तहका प्रमुख उपप्रमुखको बैठकबाट गरिएको निर्णय हो ।
बैठकमा उपत्यका नगरपालिका फोरमका पदाधिकारी, उपत्यकाको नाकासँग जोडिएका स्थानीय तहका प्रमुख–उपप्रमुख,उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख सहभागी थिए ।
उपत्यका प्रवेशका सबै नाकाहरु अत्यावश्यक प्रयोजन बाहेक पूर्णरुपमा सिल गर्न परिपत्रमा भनिएको छ ।
के के छन् पत्रमा ? यहाँ हेर्नुहोस्












प्रतिक्रिया