काठमाडाैं, ७ जेठ । नेपाल प्रहरीका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले बताए ।
र्यापिड टेस्टमा पोजेटिभ पाइएपछि गरिएको पिसिआर टेस्टले उनीहरूमा संक्रमण भएको पुष्टि गरेको हो ।
संक्रमित बस्ने व्यारेकमा दुई सय १४ जना प्रहरी बस्दै आएका छन् । दुई प्रहरीमा के कसरी संक्रमण हुन पुग्यो भन्ने बारेमा थाहा हुन नसकेको उनको भनाइ छ ।
मंगलबार मात्रै सुनसरीमा खटिएका एक जना सशस्त्र प्रहरी र धनकुटा जिल्ला अस्पतालमा खटिएका एक जना प्रहरीमा संक्रमण देखिएको थियो ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस