बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

सरकार पाँच वर्षकाे हाे, मैले योभन्दा धेरै कही भनिरहनु नपर्लाः ओली

दैनिक नेपाल २०७७ जेठ ६ गते १५:२८

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकार पाँच वर्ष अवधिको रहेको बताएका छन् ।

संसदको मंगलबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले सरकार अल्पअवधिको नभइ पाँच वर्षको रहेका बताएका हुन् । उनले सरकारलाई कसैले हल्लाउन नसक्ने बताएका छन् ।

‘मैले योभन्दा धेरै कही भनिरहनु पर्ला जस्तो लाग्दैन’, उनले भने, ‘यो अल्पअवधिको नभएर, यो सरकार पछिको कुरा नगरौँ । हाललाई पाँच वर्षका लागि हो ।’

‘पछिको कुरा गरेर मान्छेलाई अहिलेदेखि झस्काउने चस्काउने किन पर्ने ? अहिलेका लागि यो सरकार पाँच वर्षको हो’, ओलीले भने, ‘पाँच वर्षको अगाडिदेखि पछाडिसम्मका योजना हामीले शुरुमा के भनेका थियौँ ? शुरुमा के भन्यौँ ? अहिलेसम्म कति गर्‍यौँ ? पहिलो वर्ष कति गर्‍यौँ ? दोस्रो वर्ष कति गर्‍यौँ ? यस वर्ष के गर्दै के गर्न सोच्या थियौँ ? कोरोनाले अलिकति डिस्टर्ब गर्‍यो ।’

‘यो हामीलाई मात्रै होइन विश्वलाई नै तहस नहस बनाइ राखेको छ’, ओलीले भनेका छन्, ‘त्यस कारण यस सरकारको पनि कमी भन्ने ठान्नुभयो भने दुनियाँको मानचित्र हेरेर दुनियाँसँग तुलना गर्दा अहिलेसम्म यद्यपि कोरोनाले छोएको हुनाले कोरोनाले मरेको भन्ने परेको छ ।’

प्रतिक्रिया
सम्बन्धित