
काठमाडौँ, ३ जेठ । नेपालमा शनिबार दिउँसो थप दुई जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताले नियमित पत्रकार सम्मलेनमार्फत महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको जनाएका छन् । ति दुवै संक्रमित नेपाली सेना रहेको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाका अनुसार उनीहरु मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत रहेका हुन् । संक्रमित ५२ वर्षीय पुरुष नेपाली सेनाको पृतनापति भएको उच्च स्रोतले जनाएको छ ।
उनी बर्दिवासको किशान नगरस्थित पृतनाका प्रमुख लकडाउनका समयमा विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा उनलाई संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।















प्रतिक्रिया