
काठमाडौं, ३ जेठ । धुलिखेल अस्पतालमा कोरोना भाइरस पोजिटिभ देखिएकी सिन्धुपाल्चोक बाह्रबिसे–९ कि एक महिलाको मृत्यु भएको छ ।
उपचारका क्रममा धुलिखेल अस्पतालमा नै उनको मृत्यु भएको हो । स्वास प्रश्वासमा समस्याका कारण उनको मृत्यु भएको बताइएको छ । कोरोनाका कारण उनको मृत्यु भएको हो वा होइन भन्ने अझ प्रमाणित गर्नका निम्ति स्वाब पुनः परिक्षणका निम्ति राष्ट्रिय प्रयोगशाला भएको टेकु अस्पतालमा लगिएको छ ।
ति महिला सुत्केरी रहेको बताइएको छ ।
महिलाको मृत्यु भएपछि धुलेखल अस्पताल सिल गरिएको छ । सघन कक्षमा उपचारका क्रममा मृत्यु भएको तथा कोरोना पनि पोजिटिभ देखिएपछि अस्पताललाई सिल गरिएको हो । कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्डको बैठक बसेको थियो ।















प्रतिक्रिया