७ मंसिर २०८३, सोमबार

शिक्षण अस्पतालमा बिरामी भेट्न पुगेका व्यक्तिमा भेटियो कोरोना संक्रमण

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जस्थित न्युरो वार्डमा बिरामी भेट्न पुगेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

दाङका ४६ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएपछि उनको कन्ट्याक्ट ट्रेसिङ पनि थालिएको छ । उनलाई आइशोलेशनमा राखी उपचार गर्न थालिएको छ ।

यसको पुष्टि शिक्षण अस्पतालले गरेको छ । यसअघि शिक्षण अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण रहेको भनिएको थियो तर उनी बिरामी भेट्न पुगेका व्यक्ति रहेको पुष्टि भएको छ ।

दुई दिनअघि न्युरो वार्डमा उपचारका लागि लगेकी ६ बर्षिया बालिकामा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि उपचारका संलग्न चिकित्सक, नर्स र कर्मचारीको स्वाब संकलन गरी पिसीआर परिक्षणका लागि पठाइएको थियो ।