३ कार्तिक २०८३, मंगलबार

प्रदेश २ का सबै जिल्लामा कोरोना संक्रमित पुष्टि, २७३ पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । ८ जिल्ला रहेको प्रदेश २ को सिरहामा पनि कोरोना भाइरस (कोभिड १९) संक्रमित फेला परेका छन् । शनिबार विहान स्वास्थ्य मन्त्रालयले जारी गरेको जानकारीअनुसार हालसम्म संक्रमितको संख्या २७३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बर्दिया नार्खु–११ की २८ बर्षिया महिला, सिरहा सखुवा–११ का ३० बर्षीय पुरुष, पर्सा वीरगञ्ज–१२ का २८ र ३० बर्षिय पुरुष, सर्लाही रामनगर–४ की १८ बर्षिया महिला र चितवन गढौली–१ की २५ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरूको स्वास्थ्य सामान्य रहेको र उपचार भइरहेको मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको संक्रमण २ नम्बर प्रदेशका सबै जिल्लामा देखिएको छ । यसअघि सिरहाबाहेकका जिल्लामा कोरोना संक्रमित देखिएका थिए । सबैभन्दा धेरै पर्सा जिल्लामा देखिएका छन् ।