७ मंसिर २०८३, सोमबार

नेपाली भूमि फिर्ताको माग गर्दै कांग्रेसद्वारा बाह्रबिसेमा प्रदर्शन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाह्रबिसे, ३ जेठ । भारतद्वारा अतिक्रमित भूमि फिर्ताको माग गर्दै नेपाली कांग्रेसले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे बजारमा प्रदर्शन गरेको छ ।

बाह्रबिसे बजारमा शनिबार बिहान कांग्रेसका नेता हरिशरण श्रेष्ठको नेतृत्वमा प्रदर्शन भएको हो ।

भारतले नेपाली भूमि अतिक्रमण गरेको तथा सरकारले अतिक्रमित भूमि फिर्ता गर्न भूमिका खेल्न नसकेको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ ।

प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेर नेपाल विद्यार्थी संघ (नेविसंघ) क्षेत्र नम्बर १ का सभापति हेमन्त श्रेष्ठ, केशबहादुर तामाङ लगायतलाई छ जनालाई पक्राउ गरेको छ ।

भारतले नेपाली भूमि लिपुलेक, कालापानी, लिम्पियायाधुरा अतिक्रमण गरेको विरोधमा कांग्रेस क्षेत्र नम्बर १ मा विरोध प्रदर्शन र ¥याली निकालिएको हो ।