३ कार्तिक २०८३, मंगलबार

सात दिनदेखि बेपत्ता प्रहरी मृत अवस्थामा फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, २८ फागुन । एक सातादेखि बेपत्ता जिल्ला प्रहरी कार्यालय म्याग्दीका एक प्रहरी जवानको शव फेला परेको छ ।

फागुन २० गतेदेखि परिवार र कार्यालयको सम्र्पकमा नरहेका प्रहरी जवान युवराज पौडेलको शव बुधबार पर्वतको खनियाघाटमा कालीगण्डकीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खोजीको क्रममा दिउँसो स्थानीय ट्याक्टर चालकले कालीगण्डकी नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पौडेलको शव परीक्षणका लागि कुश्मा लगिएको छ ।

पौडेलले लगाएको चप्पल बेनी कालीपुलको कालीगण्डकी किनारमा फेला परेको थियो । उनले आत्महत्या गरेको प्रहरीको अनुमान छ ।

बागलुङको अधिकारी चौर गाविस घर भएका पौडेल तीन वर्षदेखि म्याग्दीमा कार्यरत थिए ।