काठमाडौं, २ जेठ । नेपाल कम्युनिस्ट पार्टीको शुक्रबार बसेको सचिवालय बैठकमा सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले राय माग गरेका छन् ।
नेकपाको विवाद वा स्थायी समिति बैठकका सन्दर्भमा खासै चर्चा नचलेको बैठकका क्रममा शुक्रबारै आउने नीति तथा कार्यक्रमका विषयमा प्रधानमन्त्री ओलीले सुझाव माग गरेको बताइएको छ । नीति कार्यक्रम प्रस्तुत भएपछि मात्र स्थायी समितिको बैठक तय गरिने बताइएको छ ।















प्रतिक्रिया