३ कार्तिक २०८३, मंगलबार

हेटौडामा शिक्षकले कक्षाकोठामै गरे छात्राको बलात्कार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapeहेटौडा, २८ फागुन । मकवानपुरमा शिक्षकले एक बालिकाको बलात्कार गरेका छन् ।

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–७ स्थित सेती गणेश माविका शिक्षक दिनेश सुवेदीले आफ्नै विद्यालयमा अध्ययनरत ९ वर्षीया छात्रालाई कक्षाकोठमा भित्रै बलात्कार गरेको प्रहरीले जनाएको छ ।

सातादिन पहिले बलात्कार भएकी वालिकाले बुधबार परिवारलाई शिक्षकले बलात्कार गरेको भनेपछि घटना सर्वाजनिक भएको हो । विद्यालयमा छुट्टि भइसकेपछि शिक्षकले काम छ भन्दै कक्षाकोठामा बोलाएर ९ वर्षी बालिकालाई जबरजस्ती गरेर बलात्कार गरेका थिए ।

घटना सार्वजनिक भएपछि गाउँलेले शिक्षक सुवेदीलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग गर्दै हेटौडामा प्रदर्शन गरेका छन् ।

विद्यालयका शिक्षक दिनेश सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । विद्यालयमा पनि छात्राहरु असुरक्षित हुँदै गएको अभिभावकले गुनासो गरेका छन् ।