
काठमाडौं, १ जेठ । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमण परिक्षण गर्ने पिसिआर प्रबिधिको दायरा बढाउन सरकारलाई आदेश दिएको छ ।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बिहीबार सरकारका नाममा यस्तो आदेश दिएको हो । पिसिआर प्रबिधिको दायरा कम भएका कारण कोरोना परिक्षण भनेजसरी हुन नसकेको भन्दै सर्वोच्चमा रिट परेको थियो ।
अधिवक्ता कमलबहादुर खत्रीसहितले पिसिआर परिक्षणको दायरा बढाउन माग गर्दै रिट निवेदन दिएका थिए ।











प्रतिक्रिया