
काठमाडौं, १ जेठ । कालिमाटी तरकारी बजारमा दैनिक सम्पर्कमा आउने विविध काम गर्ने ६ सय जनाको कोरोना भाइरस संक्रमण परिक्षण गरिएको छ ।
सामान ल्याउने, व्यापारी, सफाइ मजदूर, सम्पर्कमा आउने सबैको आरडिटी र पिसीआर परिक्षण गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
तीन सय जनाको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको छ भने बाकीको आरडिटी गरिएको बताइएको छ ।











प्रतिक्रिया