
काठमाडौं, १ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीबार विहान कोरोना संक्रमित पुष्टि भएकोबारे दिएको जानकारी गल्ती भएको भन्दै सच्याएको छ ।
उसले विहीबार विहानसम्म २ सय ५० जनामा कोरोना पुष्टि भएको जानकारी दिएको थियो । तर, हालसम्म आएका विवरणमा २४५ मात्र रहेको भन्दै मन्त्रालयले अर्को विज्ञप्ति जारी गरी गल्ती स्वीकार गरेको छ ।
सह प्रवक्ता समिरकुमार अधिकारीले भनेका छन्,‘अध्यावधिक भएको विवरणअनुसार २४५ नै रहेको तर प्राविधिक कारणले २५० भएकोमा सच्याइएको छ ।’












प्रतिक्रिया