७ मंसिर २०८३, सोमबार

बाँके र कपिलवस्तुमा कोराेना देखिएपछि दाङमा उच्च सतर्कता

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घाेराही, १ जेठ । दाङ जिल्लाकाे छिमेकी जिल्ला बाँके र कपिलवस्तुमा कोराना भाइरसको सङ्क्रमण बढेपछि दाङमा उच्च सतर्कता अनपाइएको छ ।

बुधबार भएको मुख्यमन्त्री र प्रदेश सांसदसहितको सर्वपक्षीय छलफलमा भारत हुँदै आएका व्यक्तिहरूबाट कोरोनाको सङ्क्रमण देखिएको निष्कर्षसहित उच्च सतर्कता अनपाउने निर्णय भएको हाे ।

भारतमा रेल सेवा सञ्चालन र लकडाउन केही खुकुलो बनेपछि भारतमा रहेका नेपालीहरु अव स्वदेश फर्कन सक्ने त्यसको व्यवस्थापनमा लाग्नु पर्ने निष्कर्ष बैठकले गरेको छ ।

६ हजारभन्दा बढी नेपाली दाङ आउनसक्ने आकलनसहित बैठकले उनीहरु सबैको कोरोना परीक्षण र क्वरेन्टीनमा अनिवार्य रुपमा बसाल्ने गरी स्थानीय पालिकाहरुलाई जिम्मेवारी दिने निर्णय समेत भएको छ ।

छलफलमा पालिका प्रमुख तथा प्रतिनिधिहरुले भारतमा काम गर्ने नेपालीहरु सीमा क्षेत्रमा आउन थालेपछि घर ल्याउन दबाब बढेको बताएका छन् ।

सीमा क्षेत्रमा आइपुगेका नेपालीलाई घरसम्म ल्याउन अनिवार्य कोरोना परीक्षण गर्न र तिनीहरुको व्यवस्थापनको लागि केन्द्र र प्रदेश सरकारले तत्काल योजना बनाउनुपर्नेमा ध्यानाकर्षण गराएका छन् ।