३ कार्तिक २०८३, मंगलबार

बिहीबार बिहान काेराेना संक्रमतिकाे संख्या २५० पुग्यो, पूर्वी तराईका जिल्लामा पाँच जना थपिए

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार बिहान थप पाँच जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार सर्लाही जिल्लाको धन्कौल नगरपालिका निवासी ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

धनुषा जिल्लाको जनकपुर र मिथिला नगरपालिका निवासी ४० वर्षीय पुरुष र २० वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका र बलवा नगरपालिकामा १६ र ३५ वर्षीय पुरुषमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा.अधिकारीले बताए ।

योसँग नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या २ सय ५० पुगेको छ ।