
काठमाडौँ, ३१ वैशाख । भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि सीमा विवाद चर्किएको छ । यसै विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा अहिले बसिरहेको छ ।
प्रधानमन्त्री ओलीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीलगायतलाई छलफलमा बोलाएका छन् ।
छलफलमा लिपुलेकमा भारतले गरेको हस्तक्षेपमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको बालुवटार स्रोतले जनाएको छ ।
त्यस्तै, पछिल्लो समय तीव्र गतिमा फैलिएको कोरोनाभाइरसको संक्रमणका विषयमा छलफल हुने बताइएको छ ।















प्रतिक्रिया