
काठमाडौँ, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले वुधबार अपराह्न ४ बजे सर्वदलीय बैठक बोलाएका छन् । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका अध्यक्षलाई तथा पूर्व प्रधानमन्त्रीहरुलाई बोलाइएको बालुवाटार स्रोतले जनाएको छ ।
बैठकमा पछिल्लो समय भारतले नेपाली भूमि मिचेकोबारे कसरी अगाडी बढ्ने सम्बन्धमा छलफल हुने जनाइएको छ । त्यस्तै, केही दिन यता नेपालमा कोरोना संक्रमण तीव्र बनिरहेको विषयमा पनि के कस्ता रणनीति अपनाउनेबारे छलफल हुने बताइएको छ ।















प्रतिक्रिया