१ कार्तिक २०८३, आइतबार

मकाउ पठाउने भन्दै ठगी गर्ने सभासद ल्हारक्याल फरार सूचीमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lyarker-4काठमाडौं, २८ फागुन । दोहोरो नागरिकता र राहदानी विवादमा आलोचित एकीकृत माओवादीका सभासद ल्हारक्याल लामा वैदेशिक रोजगारीका लागि मकाउ पठाइदिने भन्दै म्यानपावर संचालक र सयौं युवासँग करोडौं रकम ठगी गरेको मुद्धाका फरार आरोपी रहेको खुलेको छ ।

ल्हारक्यालले मकाउको कामदार भिसा मगाउने खर्च र कमिसन वापत आफूसँग पटक पटक गरी २ करोड १९ लाख रुपैयाँ लिएर ठगी गरेको भन्दै काठमाडौं बुढानिलकण्ठका केशबहादुर गुरुङले हालेको मुद्धा वैदेशिक रोजगार विभागमा छ ।

ठगी मुद्धामा पूर्पक्षका लाथि कारकार रहेका जाहेरीकर्ता गुरुङका अनुसार मकाउ पठाउँछु भन्दै सयौं युवाबाट ७ करोड रुपैया पनि ल्हारक्याल समूहले नै उठाएको नागरिक दैनिकले छापेको छ ।

वैदेशिक रोजगार विभागले फक्राउ गरी बुझाउन पत्राचार गरेपनि खोजेजस्तो मात्र गर्यो प्रहरीले । पक्राउ गरेन ।