काठमाडौं, ३१ वैशाख । कालापानी नजिकै दार्चुलाको छांगरु क्षेत्रमा सशस्त्र प्रहरी बलको फौज लिएर नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट प्रस्थान गरेको छ ।
बुधबार बिहान पहिलो चरणमा काठमाडौंबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोली लिएर हेलिकप्टर छाङरु प्रस्थान गरेकाे हो ।
छाङरुमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चेकपोस्ट (बिओपी) स्थापना गर्ने तयारी रहेको गृह मन्त्रालय श्रोतले बताएको छ ।
उनीहरूले सीमा रक्षा गर्नुका साथै अपराध नियन्त्रणमा भूमिका खेल्नेछन् । कालापानीबाट १० किलोमिटरको दुरीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट राख्न लागिएको छ ।











प्रतिक्रिया