काठमाडौं, २८ फागुन । पहिचान नखुलेका एक नेपाली कामदारको शव कतारमा ३१ महिनादेखि अलपत्र परेको छ ।
ती कामदारको सन् २०१२ अगस्ट २७ मा मृत्यु भएको थियो । अस्पतालमा ती कामदारलार्य उत्तमलाल महत्तोको नाममा भर्ना भएको थियो ।
भर्ना भएको दुईदिनमा धेरैजसो अंगले काम नगरेपछि मृत्यु भएको हमाद अस्पतालले जनाएको छ । हमाद अस्पतालमा उनको दर्ता नम्बर एचसि २७४४७२३ छ ।
नेपाली दुताबासले मृतकको सही नाम र ठेगाना पत्ता लगाउन प्रयास गरेपनि सम्भब भए पनि नखुलेको जनाएको कान्तिपुर दैनिकले छापेको छ ।
दुताबासका एक अधिकारीका अनुसार सन् २०१४ मार्च ६ गते महोत्तरी जिल्ला प्रशासन कार्यालयलाई उत्तमलाल महत्तोको बस्ताबिक बुझ्न पत्र पठाएको थियो ।
स्थानीय प्रशासनले यसबारे जवाफ दिएको छैन् । महत्तो बिरामी भएपछि एक जना नेपाली डाइभरले भर्ना गर्न अस्पताल लिएर गएको थियो ।
तर त्यस कम्पनीमा काम गर्ने अर्का उत्तमलाल महत्तो भने नेपाल फर्किसकेका छन् ।
दुताबासका जनसम्पर्क अधिकृत ताजले कम्पनीमा गएर ती कामदारुको बास्तबिक परिचय पत्ता लगाउन धेरै कोसिस गरेपनि सही सुचना पाउन सकेको छैन् ।















प्रतिक्रिया