३ कार्तिक २०८३, मंगलबार

वागलुङ उपनिर्वाचन: यस्ता छन् काँग्रेस, एमाले र एमाओवादीका उम्मेदवार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

congress-uml-maoist1

काठमाडौँ, २७ फागुन । बागलुङ क्षेत्र नम्बर १ मा आगामी चैत्र २८ गते हुने संविधानसभाको उपनिर्वाचनका लागि प्रमुख दलहरुले उम्मेदवार चयन गरेका छन् ।

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले स्वर्गीय हरिबहादुर खड्काकी श्रीमती चम्पादेवी खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसैगरी, एमालेबाट मना केसी र एमाओवादीबाट दिनानाथ शर्माले टिकट पाएका छन् ।

प्रत्यक्षबाट निर्वाचित सभासद् हरिबहादुर खड्काको दुर्घटनामा निधन भएपछि हुन लागेको उपनिर्वाचनमा काँग्रेसले सभासद् खड्काकै पत्नी चम्पादेवीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । काँग्रेस संसदीय समितिको बुधबार बसेको बैठकले स्वर्गीय सभासद् खड्काकी श्रीमती चम्पादेवीलाई उम्मेदवार बनाउने निर्णय गरेको काँग्रेसका मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिए ।

champa-khakdamana-kc-1dinanath-sharma

 

यसैगरी, नेकपा एमालेले मनाकुमारी केसीलाई टिकट दिएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बुधबार बसेको केन्द्रीय कमिटी बैठकले बैकल्पिक केन्द्रीय सदस्य केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । यसअघि एमालेबाट युवा नेता हिरा केसी उम्मेदवार बनेका थिए । यसपटक पनि उनी आकांक्षी थिए ।

एमाओवादीले भने यसअघि नै पार्टी प्रवक्ता दिनानाथ शर्मालाई उम्मेदवार बनाउने निर्णय छ । शर्मा यसअघि एमाओवादीबाट समानुपातिक सभासद् भइसकेका छन् ।